रुकुममा झुन्डिएको अवस्थामा महिला फेला

जगत ठाडा मगर
२०७८ पुस १८ | बिहान १०:०९ बजे

रुकुम । रुकुम पश्चिममा श्रीमानसँगै रहेकी एक महिला मृत अवस्थामा फेला परेकी छन् । बाँफिकोट गाउँपालिका–९ की २६ वर्षीया कमला खनाल आफ्नै घरको कोठामा सलले झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
शुक्रबार राति १० बजे कोठामा झुन्डिएको भेटिएको भनेर कमलाको घरपरिवारले अरूलाई खबर गरेका थिए । घटनाको खबर पाउने बित्तिकै प्रहरी घटनास्थल पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले घटना रहस्यमय भएकाले कमलाका श्रीमान् २५ वर्षीय दीपक खनाललाई सोधपुछ गरिरहेको जानकारी दिए । कमलाको चार महिने दुधे बालक छन् ।






















