देश

दाङमा कोइला बालेर सुतेका एक जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ पुस १८ | बिहान ०७:०९ बजे

दाङ । दाङमा कोइला बालेर सुतेका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका -९ अमिलियामा डेरामा बस्दै आएका प्युठानका २९ वर्षीय कुसुम सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीका अनुसार श्रीमान्–श्रीमती कोठाको झ्याल ढोका बन्द गरेर कोइला बालेर सुतेका थिए। बिहान उठ्दासम्म कुसुमको मृत्यु भइसकेको थियो।

गम्भीर अवस्थामा उपचारका लागि अस्पताल लगिएकी कुसुमकी श्रीमतीको अवस्था अहिले भने सामान्य छ।

कमेन्टहरु