देश

आज प्रतिनिधि सभा बैठक, यस्तो छ सम्भावित कार्यसूची

जगत ठाडा मगर
२०७८ पुस १८ | बिहान ०७:०९ बजे

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्ने भएको छ। बैठक दिउँसो १ बजे संसद भवन बानेश्वरमा बस्दैछ।

त्यसअघि ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बोलाएका छन् । आजको बैठकमा प्रधानमन्त्री शेरबहादेर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७/७८ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौं अधिवेशनदेखि नै निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ। एमालेले दशौं अधिवेशनका बैठकमा अवरोध गरिरहेको छ।

photo 2022 01 01 17 49 23

कमेन्टहरु