मौसम

आजको मौसम : देशभर सामान्य सफा रहने

जगत ठाडा मगर
२०७८ पुस १८ | बिहान ०७:०९ बजे

काठमाडौं । आज देशभर सामान्यतः मौसम सफा रहनेछ । केही समय बादल लागे पनि तत्काल हटेर घाम लाग्ने मौसमविद्हरुको भनाइ छ ।

आज देशभरभ कतै पनि वर्षाको सम्भावना रहेको छैन । मध्य तथा पूर्वी नेपालको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही भागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् सापकोटा बताउँछन् ।

बुधबारबाट पश्चिमी वायु पुनः सक्रिय हुने भएकाले वर्षा र हिमपातको सम्भावना हुने उनले जानकारी दिए । “पश्चिमी वायु पुनः सक्रिय हुँदा हिमपात र वर्षा हुने सम्भावना हुन्छ । हिमपात हुँदा जाडो पुनः बढ्छ,” उनी भन्छन्, “हामी मध्ये जाडोमै छौं । माघे जाडो आउनै बाँकी छ । त्यसैले जाडो अझै बढ्न सक्छ । शून्य डिग्री सेल्सियससम्म तापक्रम घट्न सक्छ ।”

आज काठमाडौंको तापक्रम ४.२ डिग्री सेल्सियस रहेको छ । दिउँसो १६–१८ डिग्री सेल्सियससम्म पुग्नेछ । काठमाडौंमा दिउँसो पारिलो घाम लाग्नेछ ।

कमेन्टहरु