माओवादी महाधिवेशन : निर्वाचन कार्यतालिका भोलि १ बजे सम्मका लागि स्थगित

जगत ठाडा मगर
२०७८ पुस १७ | मध्यान्ह ०७:०९ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशन अन्तरगत आज जारी भएको निर्वाचन कार्यतालिका स्थगित भएको छ ।
भोली फेरि १ बजेबाट प्रक्रिया पुनः सुरु हुने बताइएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव पारित भएपछि नेतृत्व चयनको प्रक्रिया सुरु भएको थियो ।
केन्द्रीय समिति सहमतिबाट निर्माण गर्न कलस्टर अनुसार सहमतिका लागि साँझसम्मको समय दिइएको थियो । छलफल अझै जारी रहेकोले आजको प्रक्रिया स्थगित गरिएको हो ।
प्रज्ञा भवनमा जारी आठौं महाधिवेसनको सातौं दिनमा मतदाता नामावली प्रकाशन समेत गरिसकेको थियो । भोली दिउँसो १ बजेसम्मको समयमा सहमति जुट्न नसके निर्वाचनबाट नै समिति चयन हुनेछ ।






















