मुख्य समाचार

गायक राजेशपायल राईमाथि न्युयोर्कको स्टेजमा गाउदा गाउदै हमला (भिडियोसहित)

जगत ठाडा मगर
२०७८ पुस १७ | मध्यान्ह ०४:०९ बजे

बुटवल, पुस १७ । चर्चित गायक राजेशपायल राईमाथि हातपात भएको छ । विशेष सांगीतिक कार्यक्रमका लागि न्यूयोर्क सहर पुगेका उनीमाथि एक युवकले स्टेजमै हमला गरेका हुन् ।

नेपाली समयअनुसार झण्डै बिहान १०ः०० बजे स्टेजमा गाईरहेका राईलाई पछाडीबाट आएका ती युवकले घाटीमा समातेर लडाएका थिए । जतिबेला गायक राईले ‘मैले मायाले दिएको चिनो, राख्यौँ कि फाल्यौ’ बोलको गीत म्यूजिक ट्र्याकमा गाइरहेका थिए ।

हामीलाई प्राप्त भिडियो फुटेजमा देखिए अनुसार राईलाई समातेर लडाउन खोज्दा उनले ‘हट’ भनेको सुनिन्छ । त्यसपछि सबै साउण्ड सिस्टम बन्द गरिएको थियो । तर उनीमाथि यस्तो किन भयो भन्ने हालसम्म पत्ता लाग्न सकेको छैन ।

स्टेजमा यस्तो अभद्र व्यवहार भएपछि राइका समर्थक दर्शकहरुले को हो त्यो ? त्यसलाई मा.. र मा.. र भन्दै चि च्याएको पनि सुनिएको छ । राईमाथि भएको हमलापछि विश्वभर रहेका उनका शुभचिन्तकले आक्रोश पोखेका छन् ।

अमेरिका, बेलायतलगायतको बिभिन्न युरोपियन मुलुकको कार्यक्रमका लागि भन्दै उनी केही दिनअघि नेपालबाट उडेका थिए । अघिल्लो दिन न्यूयोर्क झरेका उनलाई कार्यक्रमस्थल पुर्‍याएको आयोजकले कलाकारको शान्ति सुरक्षा गर्न नसकेको भन्दै आलोचना समेत सुरु भएको छ ।

नेपाली सांगीतिक क्षेत्रमा ‘मेघा स्टार राई इज किङ’को उपनामले चिनिने राजेशपायलले २०४६ सालमा गाएको ‘फैलियो माया दुबोसरी’ बोलको गीत सर्वाधिक चर्चीत भएको थियो । जुन अहिलेसम्म पनि लोकप्रिय छ ।

राईद्धारा स्वरबद्ध सागरसरी चोखोमाया, दर्शन नमस्तेजस्ता हजारौँ गीतहरुले चर्चाको शिखर चुमेका छन् । उनले एकै दिनमा १७ वटा बिभिन्न भाषाको गीत रेकर्ड गरेरसमेत कीर्तिमान कायम गरीसकेका छन् ।

कमेन्टहरु