देश

दाङमा झ्याल ढोका बन्द गरी कोइला बालेर सुतेका व्यक्तिको मृत्यु

जगत ठाडा मगर
२०७८ पुस १७ | मध्यान्ह ०२:०९ बजे

दाङ, पुस १७ । दाङमा कोईला बालेर सुतेका एक व्यक्तिको मृत्यु भएको छ। झ्याल ढोका थुनेर कोईला वाली सुतेका प्यूठान घर भई हाल लमही नगरपालिका–९ अमिलिया बस्दै आएका २९ बर्षीय कुसुम सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार राती श्रीमान–श्रीमती कोईला बालेर सुतेकामा विहान ४ बजेतिर उठ्ने बेलामा कुसुमको मृत्यु भइसकेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले बताए। उनका अनुसार श्रीमतीको पनि रक्तचाप कम भइसकेको अवस्थामा उपचारका लागि अस्पताल लगिएको छ। अहिले उनको अबस्था सामान्य छ।

मृतक श्रीमानको शव भने घरभित्रै रहेको छ। प्यूठानबाट घर परिवार आएपछि मात्रै शव परीक्षणका लागि लमही अस्पताल लगिने प्रहरी निरीक्षक पौडेलले बताए।

कमेन्टहरु