Opens in a new tab

धर्म–संस्कृति/रीतिथिति

नेपालीहरुको प्रगतिका लागि हिन्दू परिषद नेपालद्वारा पूजापाठ

जगत ठाडा मगर
२०७८ पुस १७ | मध्यान्ह १२:०९ बजे

बीरगंज, पुस १७ । नेपालीहरुको सुख, शान्ति र समृद्धिको लागी आज हिन्दू परिषद नेपालद्वारा गीता मन्दिर बीरगंजमा नवग्रह शान्ति एवं हवनपुजन कार्यक्रम सम्पन्न गरेको छ ।

परिषदका केन्द्रीय सदस्य पंडित सचितानन्द दुबेको संयोजनमा भएको कार्यक्रममा विधायक राजेश्वर साह तेली, हिन्दू परिषद नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेल, उपाध्यक्ष बिजय गुप्ता, कोषाध्यक्ष संजय सरार्फ, केन्द्रीय सदस्यहरु लालबाबु प्रसाद कुर्मी, सुरेश साह कानू, गीता मन्दिर बीरगंजका अध्यक्ष मदन गुप्ता, परिषद पर्सा जिल्ला सह-सचिव अंशु कुमार प्रजापति, कार्य समिति सदस्यहरु अमोद कुमार केवट, लेक्चन सोनार, बीरगंज नगर कमिटी सह-सचिव रंजीत चौरसिया सहित अन्य हिन्दूवादी अगुवाहरुको सहभागी रहेको थियो।

हिन्दू परिषद नेपालद्वारा पूजापाठ गरि नेपालीहरुको सुख, समृद्धि, प्रगती र सुस्वाथ्यको कामना गरेका थिए ।

कमेन्टहरु