देश

नेपाल प्रहरी र सशस्त्र प्रहरीकै सहयोगमा सुवर्णपूर नाका हुँदै भैसीको तस्करी

जगत ठाडा मगर
२०७८ पुस १७ | मध्यान्ह १२:०९ बजे

पर्सा, पौष १७ । नेपाल प्रहरी र सशस्त्र प्रहरीकै सहयोग र छत्र छायामा पर्सा जिल्लाको सुवर्णपुर नाका हुँदै भैसीको तस्करी तिब्र रूपले अगाडी बढेको छ । सीमा नाकाबाट अबैध तरिकाले भैंसी नेपाल भित्रयाउनको निम्ति नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मोटो रकमको नजराना बुझाए पश्चात् भैंसी तस्करीमा तिब्रता देखिएको हो ।

सीमा नाकामा रहेको बोर्डर आउट पोस्ट सुवर्णपूर, स्थानीय प्रहरी चौकीको साथ साथै माथिल्लो निकायसम्म मोटो रकमको नजराना बुझाए पश्चात् भैंसी तस्करीको लाइन दिएको श्रोतले जनाएको छ । श्रोतका अनुसार भारतीय नागरिक महादेव भनिनेले प्रहरीलाई मोटो रकम बुझाएकै कारण प्रती दिन १ सय देखि १ सय ५० गोटा भैंसीसम्म नेपाल भित्रयाउदै आएको बताए । उनका अनुसार स्थानीय प्रहरी मात्र मुखौटाको रूपमा कार्य गर्दै आएपनी जिल्लाका हाकिमहरू महादेवले नै दिएको आर्थिक आशिर्वादका कारण रमाउदै आएको बताए ।

महादेव भनिने भारतीय तस्कर रहेपनी उनलाइ नेपालतर्फको स्थानीय जनप्रतिनिधिको छत्र छाया पाए पश्चात् खुल्याम तस्करी गर्न सफल भएको बताइन्छ । महादेवले अबैध तरिकाले भैंसी आयात गर्न सफल हुनको कारण नै स्थानीय जनप्रतिनिधि रहेको बारे दुइमत नरहेको स्थानीयले बताएका छन । एक जना स्थानीयका अनुसार भैंसी तस्करी गराउनकै निम्ति जगरनाथपुर हार्ट बजार सन्चालन भएको बताए । उनका अनुसार जगरनाथपुर हार्ट बजार सन्चालन गर्नुको उदेश्य नै भैंसी तस्करीलाई तिब्रता दिनु हो ।

महादेव भनिने तस्करलाइ जिल्लाकै सबै भन्दा ठुला वडा तस्कर मध्ये एक मानिन्छ । जिल्लामा कुनैपनि प्रहरी प्रमुख आउदा मिलाउन सिपालु रहेका महादेवले प्रहरीलाई मात्र रकम नदिएर केही स्थानीय जनप्रतिनिधिलाई समेत रकम दिने गरेको बारे उजागर भएको छ । जगरनाथपुर गाउपालिकामा हार्ट बजार सन्चालन गर्नको निम्ति केही स्थानीय जनप्रतिनिधिलाई मिलाउन सफल हुनुको साथै गाउपालिकाकै अध्यक्षको छोरालाइ समेत आफ्नो सेयर दिएको बारे चर्चाको बिषय बनेको छ ।

यस बिषयमा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका सङ्ग बुझन खोज्दा यस बिषयमा केही बोल्न मानेन्न । तसर्थ सीमा सुरक्षाको नाममा खटने सशस्त्र प्रहरीले यस्तो तरिकाको गैर क्रियाकलाप गर्ने प्रहरी अधिकारी माथी माथिल्लो निकायले समयमै ध्यान नपुर्याए अगामी दिनमा संगठनकै नाम बदनाम हुने बिश्वास पर्सेली जनताको रहेको छ ।

कमेन्टहरु