देश

दाङको तुलसीपुरबाट लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ

जगत ठाडा मगर
२०७८ पुस १७ | बिहान ११:०९ बजे

दाङ । दाङको तुलसीपुरबाट लागूऔषध ब्राउन सुगरसहित तीन महिला र दुई पुरुष पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले ५ ग्राम ७१० मिलिग्राम ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बरुवागाउँका २९ बर्षीय रुद्रमणि पोखरेल शर्मा, सोही ठाउँकी २४ बर्षीया उर्मिला चौधरी, तुलसीपुर ७ को सागरनगर टोलका ३० बर्षीय कैलाश नेपाली, वडा नम्बर ५ की १९ बर्षीया मन्दिरा थापा र सोही वडाकै १९ बर्षीया दीपु नेपाली रहेका छन् ।

दुई दिनको अवधिमा पाँच जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पक्राउ परेका उनीहरुमाथी थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

कमेन्टहरु