म्याग्दीमा हिउँमा पुरिएर एकजना बेपत्ता

जगत ठाडा मगर
२०७८ पुस १५ | मध्यान्ह ०१:०९ बजे

म्याग्दी । म्याग्दीमा हिउँमा पुरिएर एक जना बेपत्ता भएका छन् । जिल्लाको धवलागिरी गाउँपालिका-१ गुर्जाको सुकेलट्टेमा हिउँपातका कारण गोठ भत्किँदा ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएका हुन् ।
त्यस्तै बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक हिउँमा फसेर अलपत्र परेको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए । बेपत्ताको खोजी र अलपत्रको उद्धारका लागि हेलिकोप्टर बोलाउन पहल भइरहेको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए ।
भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गुर्जा जोड्ने पदमार्ग, विद्युत र मोबाइल फोन सेवा पनि अवरुद्ध भएको छ ।






















