देश

मापदण्ड पुरा नगरी उद्योग संचालन गरेकोले नवलपुरको आर्शिवाद एग्रो फुड्स सिल

जगत ठाडा मगर
२०७७ मंसिर २२ | बिहान ०८:०८ बजे

नवलपुरको मध्यविन्दु–१ मा रहेको आर्शिवाद एग्रो फुड्स प्रा.लि. (मसला उद्योग)को गोदाममा सिल गरीएको छ । खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय भैरहवाको टोलीले अनुगमनका क्रममा खाध्य नियमावली अनुसार उद्योग संचालन भएको नपाईएकोले उद्योगमा सिल गरीएको खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय भैरहवाका वरीष्ठ खाध्य अनुसन्धान अधिकृत विमल कुमार दाहालले जानकारी दिए।

दाहालका अनुसार खाध्य ऐन अन्र्तगत उद्योग संचालकले आफ्ना उत्पादनमा प्रष्ट रुपमा ठेगाना , उत्पादन मिति, प्रयोग अवधि प्रिन्ट गर्नुपर्ने, खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयबाट खाद्य अनुज्ञापत्र लिनुपर्ने व्यावस्था रहेकोमा नवलपुरको मध्यविन्दु–१ मा रहेको आर्शिवाद एग्रो फुड्स प्रा.लि.ले मापदण्ड पुरा नगरी उद्योग संचालन गरेकोले उद्योगको गोदाममा सिल गरीएको जनाएको छ ।

मध्यविन्दु १ मा रहेको आर्शिवाद एग्रो फुड्सले चितवनको ठेगाना रहेको रजिष्टेशन नं. ११/०६७/०६८ को कदर मसला उद्योग र गोल्डन जिएमसी स्पाईस् भरतपुर, चितवनको नाममा प्याकिङ्ग गरी मिट मसल, सब्जी मसला, मःमः मसला, चाट मसला लगायतका मसलामा प्याकिङ्ग गरेकोले उद्योग सिल गर्न परेको बताए ।

दाहालले सम्वन्धित उद्योगले खाद्य विभागबाट खाद्य अनुज्ञापत्र नलिएको, चितवनको ठेगाना राखी प्याकिङ्ग गरीएको सबै ब्राण्डका मसला रहेको गोदामलाई सिल गरीएको बताए ।

कमेन्टहरु