सिरहाको मिर्चैयामा तनावग्रस्त : कर्फ्यू तोडेर प्रदर्शनकारी सडकमा, एक राउण्ड हवाई फायर


विनोद मण्डल
सिरहा, १३ मंसिर । सिरहाको मिर्चैयामा कर्फ्यू तोडेर जनमत पार्टीका कार्यकर्ताद्धारा प्रदर्शन, प्रहरी पछि हटे ! सिरहा प्रशासनले जारी गरेको निषेधाज्ञालाई जनमत पार्टीका कार्यकताहरुले उलघंन गरी प्रदर्शन गरेका छन् । प्रहरी प्रशासनलाई चुनौती दिँदै सिरहाको मिर्चैयामा जनमत पार्टीका कार्यकर्ताहरुले प्रदर्शनमा उत्रेपछि राजमार्ग अवरुद्ध बनेको हो ।
प्रहरीले भने राजमार्ग खुलाउने प्रयासरत छन् । राजमार्ग र सिरहा– चोहर्वा सडक खण्ड सूचारु राख्नकै लागि प्रशासनले दुई दिनको लागि निषेधाज्ञा जारी गरेको थियो । प्रशासनले आज (मंलबार)विहान ५ बजेदेखि बेलुका ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । यदपी जनमत पार्टीका कार्यकर्ताहरुको विरोधमा उत्रिएको छ । चक्काजाम गर्न नदिने प्रशासनको प्रयासलाई जनमत पार्टीका कार्यकर्ताले असफल पारिदिएको छ ।
निषेधाज्ञाका बाबजुद मिर्चैयास्थित राजमार्गमा प्रदर्शनमा जनमतका कार्यकर्ताहरु उत्रेपछि अहिले सिरहाको अवस्था तनावग्रत बनेको हो । आन्दोलनकारी ठूलो संख्यामा रहेका कारण प्रहरीले पछि हट्नुपरेको आवस्था छ ।
औरही गाउँपालिकाले किसानमाथि दर्ता गराएको मुद्दा खारेज गर्नुपर्ने, पक्राउ परेका किसानलाई रिहा गर्नुपर्ने, औरही गाउँपालिका अध्यक्ष सिदार्थले गरेको भ्रष्टाचारको छानविन हुनुपर्ने, किसानलाई समयमा मलखाद उपलब्ध गराउनुपर्ने माग राख्दै जनमत पार्टी आन्दोलनमा उत्रिएका छन् ।






















