प्रदेश नं २ को कुशल नेतृत्व गर्नसक्ने युवा नेता राममणि मिश्र


सिराहा, पुस १३ । नेपालको राजनीतिक यात्रालाई विद्यार्थी जीवनदेखि नजिकबाट नियाल्दै यात्रा तय गर्ने साविक गाउँ विकास समिति विष्णुपुरकट्टी – ७ ठटीया तथा हाल धनगढीमाई – १२ का स्थायी बासिन्दा राममणि मिश्र सिरहाका पूर्व चर्चित पत्रकार समेत हुन् ।
कुशल नेतृत्व र अशल व्यवहारका कारण उनलाई गाउँका स-साना झैझगडामा समेत आमन्त्रण गरिन्छ । बाल्यकालदेखि समाजसँग घुलमिल भएका अहिलेका नेता राममणी मिश्र प्रखर वक्ता पनि हुन । सामान्य जीवन शैलीमा जीवन यापन गर्ने मिश्रको कला क्षेत्रमा पनि उत्तिकै योगदान रहेको पाइन्छ । गाउँमा स्थानिय युवाको सहयोगमा नाटक आफैले तयार गरेर खेल्ने अनि सडक नाटक खेलेर आम जनताको समस्यालाई नजिकबाट उजागर गर्ने मिश्र यतिबेला नेकपा एमालेका सक्रिय असल नेतृत्व क्षमता भएका नेतामा गनिन्छन् ।
राष्ट्रिय युवा संघ नेपाल सिरहाको पूर्व अध्यक्ष तथा नेकपा एमाले सिराहा जिल्ला सचिवालय सदस्य तथा जन संस्कृतिक मंच नेपालको केन्द्रीय सदस्य समेत रहेका मिश्रलाई अबको चुनावबाट भएपनि राज्यको पदमा हेर्न चाहेको स्थानिय बुद्धिजीवीले गुनासो गरेका छन् । स्पष्ट वक्ता मृदु भाषी सरल स्वभाव प्रखर नेतृत्व क्षमता भएका प्रदेश नं २ का नेतृत्व गर्नसक्ने युवा नेताको रूपमा रहेको मिश्रको अहिले चौतर्फी चर्चा छ ।
नेतामा हुने सबै खालका गुण भएका मिश्र सिरहाका एमाले निकट चर्चित नेता गनिएकोले अबको राजनीतिक यात्रामा उनको नेतृत्व हेर्ने आशा भरोसा सबैमा पलाएको छ ।






















