पर्साबाट लागु औषधसहित एक युवक पक्राउ

जगत ठाडा मगर
२०७८ पुस १३ | मध्यान्ह ०१:०९ बजे

पर्सा । भारतबाट ठूलो परिणाममा लागुऔषध लिएर आउँदै गरेको अवस्थामा प्रहरीले वीरगन्ज महानगरपालिका-१५ बाइपास सडकबाट मंगलबार बिहान एक किशोरलाइ पक्राउ गरेको छ
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१३ मुर्ली बस्ने १९ वर्षीय बिक्रम सर्राफ रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोली उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट लागु औषध नुफ्रिन ३५० एम्पुल, डाइजीपाम ३५० एम्पुल र फेनारगण ३५० एम्पुल गरी जम्मा १०५० एम्पुल बरामद गरेको छ ।
पक्राउ परेका सर्राफमाथि लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले बताए ।






















