माओवादी महाधिवेशन : स्थायी कमिटी बैठक जारी

जगत ठाडा मगर
२०७८ पुस १३ | मध्यान्ह १२:०९ बजे

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरू भएको छ । आठौँ राष्ट्रिय महाधिवेशन जारी रहँदा महाधिवेशनस्थल प्रज्ञा भवन कमलादीमा स्थायी बैठक सुरू भएको हो ।
बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन र अन्य नेताहरूले पेस गर्ने भनेको सहायक प्रस्तावलाई कसरी लैजाने भन्नेबारे छलफल हुने एक नेताले बताए । त्यस्तै विधान संशोधन प्रस्तावमाथिको छलफल पनि बैठकको एजेण्डा छ ।
प्रचण्डले पेस गरेको राजनीतिक दस्तावेजमाथि छलफल गर्न २५ वटा समूह बनाइएको छ । छुट्टाछुट्टै स्थानमा भइरहेको छलफल आज दिनभर चल्नेछ । समूहगत छलफलबाट निष्कर्ष आएपछि भोलिबाट महाधिवेशनको अन्य प्रक्रिया अघि बढाइने कार्ययोजना छ ।






















