देश

बझाङबाट धनगढी आउदै गरेको जिपबाट १६ किलो चरेस फेला

जगत ठाडा मगर
२०७८ पुस १३ | मध्यान्ह १२:०९ बजे

कैलाली, पुस १३ । बझाङदेखी धनगढी आउँदै गरेको जिपमा प्रहरीले १६ किलो चरेस फेला पारेको छ ।

बझाङबाट धनगढी आउदै गरेको जिपलाई सोमबार राती ११ बजे चेकजाँच गर्दा उक्त परिणामको चरेस फेला परेको हो । प्रहरीले से १ ज ७१८ नम्बरको जिपमा चेकजाँच गर्दा १६ किलो चरेस फेला परेको जनाएको छ ।

कैलालीको चुरे गाउँपालिका–५ बेल्चापलान भन्ने स्थानमा गरिएको चेकजाँचमा जिपको सिटमुनि लुकाइराखेको अवस्थामा उक्त मात्रामा चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिपमा चरेस फेला परेपछि जिप चालक बझाङको बुंगल नगरपालिका –११ देउलीकोटका २८ बर्षीय बीर बोहरा र ४० बर्षीय गमलाल बोहरालाई नियन्त्रण लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए।

कमेन्टहरु