एसएसपी यादवको नवलपरासीको त्रिवेणीधाम घाटमा अन्त्येष्टि, १५ वर्षीय छोराले दिए दागबत्ती

जगत ठाडा मगर
२०७८ पुस १० | मध्यान्ह ०४:०९ बजे

नवलपरासी । संघीय प्रहरी इकाई कार्यालय भैरहवाका प्रमुख एसएसपी सुशील कुमार यादवको नवलपरासीमा शवयात्रासहित अन्त्येष्टि गरिएको छ।
नवलपरासीको त्रिवेणीधाम घाटमा शवलाई यादवका १५ वर्षीय छोराले दागबत्ती दिएको हो । शनिबार नवलपरासी रामग्राम नगरपालिका-५ स्थित घरबाट शवयात्रा गरी उनको शवलाई त्रिवेणीधामको घाटसम्म पुर्याइएको थियो । शव यात्रामा प्रहरीका उच्च अधिकारीहरु सहित आफन्त, नगरवासी लगायतको सहभागिता रहेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले बताए।
घाटमा प्रहरीद्वारा उनको शवलाई शोक सलामी दिइएको थियो । शुक्रवार दिउँसो कार्यालयको क्वाटरमा एसएसपी यादव झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।






















