राजनीति

सिन्धुपाल्चोकमा कांग्रेस परित्याग गरि दर्जनौ युबा जसपामा प्रबेश

जगत ठाडा मगर
२०७८ पुस ८ | मध्यान्ह ०१:०९ बजे

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला भोटेकोशि गाउँपालिकाबाट नेपाली कांग्रेस परित्याग गरि ठिलेन शेर्पा लामाको नेतृत्वमा दर्जनौ युवा जनता समाजवादी पार्टी नेपालमा प्रवेश गर्नुभएको छ ।

काठमान्डू बौद्धमा आयोजित कार्यक्रममा जनता समाजवादी प्रबेस गर्नु हुने ठिलेन शेर्पालाई भोटेकोसी गापाबाट अध्यक्षको जिम्मेवारी सुम्पेको जसपा सिन्धुपाल्चोक सह सचिब बिकास योन्जनले बताउनु भयो । नव प्रबेसी ठिलेन शेर्पा लगायतको पहिचानवादीलाई जसपा केन्द्रीय सदस्य तथा आङकाजी शेर्पाले खादा लगाई पार्टीमा स्वागत गरियको छ ।

पार्टी कार्यक्रममामा जसपाको केन्द्रीय सदस्य तथा लाक्पा शेर्पा प्रदेश ३ सदस्यहरू र जसपा प्रवास संगठन कोरियाको ब.उपअध्यक्ष शेर्पा पि एनको पनि उपस्थिति रहेको थियो । जस्तो सुकै परिस्थितिमा पार्टीको बिचारलाई सदैब सिरोपर गर्ने प्रतिवद्ता लाक्पा ठिलेन शेर्पाले दिनु भएको छ।

जसपा पार्टी अबको राष्ट्र निर्माणको एउटै बिकल्प र आम उत्पिडितहरूको पार्टी रहेको हुदा पुर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्र पतिय प्रणालीलाई अपनाउन आम नेपाली जनता सामु आग्रह गर्नुपर्ने आदिवासी अभियन्त जसपा केन्द्रीय सदस्य आङकाजि शेर्पाले बताउनु भयो।

कमेन्टहरु