राजनीति

अनेरास्ववियु सरावल गाउँ कमिटीको प्रथम सम्मेलन सम्पन्न

नवलपुर टुडे
२०७८ पुस ७ | मध्यान्ह ०७:०९ बजे

सुरेश यादव

नवलपरासी, पुष ०७ । पश्चिम नवलपरासीकाे सरावल गाउँपालिकामा अनेरास्ववियु सरावल गाउँ कमिटीको प्रथम सम्मेलन सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) निकटकाे भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सरावल गाउँ कमिटीकाे प्रथम सम्मेलनबाट ज्ञानले भरिपूर्ण असल र बहुप्रतिभाशालि अनुशासित विद्यार्थी महेश यादव अध्यक्ष जस्तो गरिमामय पदमा सर्वसम्मत रुपले चयन भएका छन् ।

सम्पूर्ण प्रगतिशील, देशभक्त बामपंथी तथा जनवादी विद्यार्थीहरू एकजुट हिऔं भन्ने मुल नाराका साथ अनेरास्ववियुको संगठन बिस्तार तथा सदस्यता वितरण महाअभियान अन्तरगत महेश यादवको अध्यक्षतामा ५१ सदस्यीय अनेरास्ववियु सरावल गाउँ कमिटी निर्माण गर्दै प्रथम सम्मेलन सम्पन्न भएको छ ।

received 217957563834038

कमरेड महेश यादवकाे अध्यक्षता तथा नेकपा एमालेकाे केन्द्रीय सल्लाहकार सदस्य खिमलाल पाेख्रेलकाे प्रमुख अतिथतामा सम्पन्न भएको प्रथम सम्मेलनमा बाेल्दै प्रमुख अतिथि पाेख्रेलले नवनिर्वाचित सम्पूर्ण अनेरास्ववियु सरावल गाउँ कमिटीका विद्यार्थीहरुलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियोे । साथै उहाँले एउटा निडर ज्ञानले भरिपूर्ण असल र बहुप्रतिभा शालि अनुशासित विद्यार्थी महेश यादव जस्तो अनेरास्ववियु सरावल गाउँ कमिटीकाे अध्यक्ष पाएकाेमा खुसी समेत ब्यक्त गर्नुभयो ।received 617306006170918

अनेरास्ववियु जिल्ला कमिटी सह-संयाेजक तथा प्रवक्ता संजय माैर्यकाे शुभकामना मन्तव्यबाट सुरु भएको अनेरास्ववियु सरावल गाउँ कमिटीकाे प्रथम सम्मेलन कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा नवलपरासी जिल्ला इन्चार्ज सुशान्त शर्मा घिमिरे, सह-इन्चार्ज रमेश नेपाल, नेकपा एमाले जिल्ला सचिवालय सदस्य देवराज श्रेष्ठ, नेकपा एमाले जिल्ला परिषद सदस्य सुखाडि प्रसाद चाैधरी, नेकपा एमाले सरावल गाउँ कमिटी उपाध्यक्ष देवेन्द्र भट्टराई, नेकपा एमाले जिल्ला परिषद सदस्य नारायण पाण्डे, अखिल किसान महासंघ प्रदेश कमिटि सदस्य बुद्धि भट्टराई, अनेरास्ववियु नवलपरासी जिल्ला कार्यालय सदस्य तथा संगठन विभाग प्रमुख दामोदर देवकोटा, अनेरास्ववियु नवलपरासी जिल्ला कार्यालय सदस्य गाेपाल सापकोटा, जिल्ला सदस्य धनुषधारि चाैधरी लगाएतकाे उपस्थितमा प्रथम सम्मेलन भव्य र सभ्य रुपमा सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालन अनेरास्ववियु नवलपरासी जिल्ला कार्यालय सदस्य सुरेन्द्र प्रजापतिले गर्नुभएको थियो ।

received 374994041062780

कमेन्टहरु