राजनीति

नेकपा माओवादी केन्द्रले सार्वजनिक गर्‍यो राष्ट्रिय सम्मेलनको लोगो

जगत ठाडा मगर
२०७८ पुस ७ | मध्यान्ह ०३:०९ बजे

काठमाडौ । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरेको छ । यहि पुस ११ – १३ गतेसम्म हुने पार्टीको राष्ट्रिय सम्मेलनको लोगो बुधबार सार्वजनिक गरिएको हो ।

सम्मेलनमा वैचारिक र राजनीतिक बहस हुने प्रवक्ता कृष्णबहादुर महराले बताए । उनले आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले सम्मेलनको डकुमेन्ट लेखिरहेको र त्यसमा छलफल हुने बताए । महराका अनुसार प्रज्ञा भवनमा १,५३३ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।

सम्मेलनका लागि भक्तपुर, ललितपुर र काठमाडौंमा गेट बनाउने, आकाशे पुलमा ब्यानर टाँग्न थालिएको छ । महाधिवेशनमा प्रदेशबाट ८०३ जना प्रतिनिधि, आयोजक १०० र थप ६९ जना, सल्लाहकार १४९, केन्द्रीय विभागबाट १०२, पार्टीका विभिन्न आयोगबाट ७५, ज्येष्ठ नागरिक मञ्चबाट १२५ र केन्द्रीय प्रतिनिधि २७ जना रहनेछन् ।

सबैको ५ प्रतिशत मनोनीत (पूर्वजनमुक्ति सेना, पार्टी एकताबाट आएका) गरी एक हजार पाँच सय ३३ जना घटबढ हुन सक्ने अनुमान गरिएको छ ।

कमेन्टहरु