पश्चिम नवलपरासी प्रहरीद्वारा अवैध सामान बरामद

जगत ठाडा मगर
२०७८ पुस ७ | मध्यान्ह १२:०९ बजे

नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले भारतबाट अबैधरुपमा नेपाल ल्याईएको सामान नियन्त्रण लिएको छ । प्रहरीले मंगलबार भारतबाट अवैध रुपमा भन्सार छली नेपाल ल्याउदै गरेको अबस्थामा करिब १ लाख १० हजार ४ सय मुल्य बराबरको बिभिन्न मालसामान बरामद गरिएको हो ।
भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको प्लाष्टिक बुलेट गन ९६ पिस र बिभिन्न किसिमका बच्चाको खेलौना ७२ पिस सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो १३:३० बजेको समयमा पाल्हिनन्दन गाँउपालिका – २ भक्सिपुरबाट नियन्त्रण गरेको हो ।
अबैध रुपमा नेपाल भित्र्याएका उक्त बरामद मालसामान मंगलबार आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको छ । नवलपरासीमा प्रहरी प्रमुख मनाेज कुमार यादव सरुवा भई आएसँगै अबैध सामान, चोरी, निकासी र तस्करीको नियन्त्रणमा उल्लेखनीय आएको छ ।






















