देश

धनगढीमा लागुऔषधसहित दुई युवक पक्राउ

जगत ठाडा मगर
२०७८ पुस ७ | बिहान ०८:०९ बजे

धनगढी । धनगढीमा लागुऔषधसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेका छन् । मंगलबार राति १ बजेको समयमा कञ्चनपुरको कृष्णपुर नगरपालिका – २ का २७ वर्षीय दीपक विक र २१ वर्षीय राजेन्द्र कामीलाई प्रहरीले पक्राउ गरेका हो ।

धनगढी उपमहानगरपालिका – ३ बाट उनीहरूलाई ४१ ट्याब्लेट नाइट्रोभेटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकश जोशीले जानकारी दिए ।

पक्राउ परेका दुवै जनामाथि लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइने जोशीले बताए ।

कमेन्टहरु