समाज

नव निर्मित किरात चोलुङ आ:बि स्टेज निर्माण समितिलाई आर्थिक सहयोग

जगत ठाडा मगर
२०७८ पुस ७ | बिहान ०७:०९ बजे

ईलाम । चुलाचुली ४ सनिबारेस्थित किराँत चोलुङ आधारभुत बिद्यालयको प्रागाङ्गमा निर्माण हुन लागिरहेको स्टेज निर्माण समितीलाई चुलाचुली प्रवासी सेवा समाज सस्थाबाट रु २५,०००/- (रु पच्चीस हजार ) सहयोग हस्तान्तरण गरेको छ ।

केही दिन अगाडि मात्र चुलाचुलीका विभिन्न सामाजीक ब्याक्तित्व संघ सस्थाहरुलाई स्टेज निर्माणको निमित्त सहयोगको पत्र फार्फत अपिल गरेका थियो । सोही अनुरुप हाम्रो अपिललाई स्विकार्दै,उक्त सहयोग मिति २०७८/ पुस ५ गते निर्माण समितीको कोष अध्यक्ष सन्जु लावती, सचिब, जित सावा, अध्यक्ष, निरज थुलुङ राईको सहभागितामा चुलाचुली ४ आईताबारे स्थित सस्थाको कार्यालयबाट सस्थाको पदधिकारी ज्युहरुबाट उक्त रकम हस्तान्तरण गर्नु भएको थियो ।

photo 2021 12 21 18 08 58

उक्त बिद्याालय २०४८ सालमा स्थापना भएता पनि स्थानिय निकायको सरोकारवाला हरुले बेवास्ता गर्दा स्कुल निकै कमजोर स्थितिमा पुग्न लागीरहदा देश बिदेशमा छरिएर बसेका स्थानिय युवाहरुलाई अनलाईन मार्फत एकबद्ध बनाई उक्त स्कुलको संरक्षण गर्नु पर्छ भन्ने उदेश्यले प्रवासको पहलमा नेपालमा निर्माण कार्यसमिती गठन भयो ।

अनुमानित पाँच लाखको बजेटमा निर्माण हुनलागि रहेको स्टेज लम्बाई ३० फुट चौडाई २० फुटको रहने छ । स्टेज बन्नु पर्छ भन्ने मानसिकता तयार पारेर देश तथा बिदेशमा छरियर बसेको स्थानियबासी लगायत सहयोगी मनहरुले स्टेज निर्माणको निमित्त आर्थीक सहयोग संकलन हुने क्रम जारी रहेको छ ।

तपाईंहरु पनि यस ईतिहासिक कार्यमा सहयोग गर्नु चाहानु हुन्छ भने निम्न नाम र AC नम्बरमा सहयोग गर्नु सक्नुहुने छ । पाच हजार भन्दा माथी सहयोगी दाताको सिलालेखमा नाम लेखाईने छ, भने पाँच हजार भन्दा मुनिको सहयोगीदाताहरुलाई उद्द्घाटनको दिन नाम एलाउन्स गरि खदा ओडाई सम्मानित गरिने निर्माण समितीका संयोजक भिम कुमार राईले जानकारी गराउनु भएको छ,

सहयोकको निमित्त अपिल –
नाम-SANJU LAWATI
AC NO-1030144642500013
BANK-NMB DAMAK [JHAPA]

कमेन्टहरु