राजनीति

जसपाका नेता मंगलप्रसाद गुप्ता नेकपा एमालेमा प्रवेश

जगत ठाडा मगर
२०७८ पुस ६ | मध्यान्ह ०८:०९ बजे

घनश्याम यादव
कपिलवस्तु, पुष ६ गते । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको बहादुरगँजमा एमालेको पार्टी प्रवेश तथा बृहत जनसभा कार्यक्रम सम्पन्न भएको छ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्लाको प्रभावशाली नेता मंगलप्रसाद गुप्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

नेकपा (एमाले) मा प्रवेश गरेका मंगल प्रसाद गुप्ताले आफुबाट धेरै ठुलो गल्ती भएको र पहिले नै एमालेमा प्रवेश गर्नु पर्ने बताए । उनले कपिलवस्तुकाे विकास गर्नकाे लागि खास गरेर कृष्णनगर, बहादुरगन्ज जस्ता अबिकसित क्षेत्रकाे विकासकाे लागि राष्ट्रिय अध्यक्ष केपी शर्मा अाेलीलाई अनुरोध समेत गरेका छन् ।

कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा अाेलीले नेपाल र नेपाली जनताको विकास गर्नकाे लागि अाेलीकाे सरकार आवश्यक रहेको बताए । ओलीले किसान, मजदुर, पिछडिएको व्यक्तिहरुकाे हक र अधिकारकाे लागि एमाले निरन्तर लागेको र कपिलवस्तु जिल्लामा नेकपा (एमाले) अझै मजबुत हुदै गएको दाबी गरे ।

एमालेसँग मात्र देश बनाउने नीति भएको भन्दै उनले बेसहारा, अभिभावकविहीनको पार्टी नेकपा एमाले मात्र रहेको बताए । एमालेले बेसहाराका लागि सामाजिक सुरक्षा भत्तालाई प्रोत्साहन गरेको र जेष्ठ नागरिकको स्वास्थ्य उपचारका लागि एमाले सरकारको पालामा औषधि उपचारको व्यवस्था गरेको अध्यक्ष ओलीले दाबी गरे ।

नेकपा एमालेका महासचिव शंकर पाेख्रेलले आफ्नो स्वागत मन्तव्य राख्दै भने `अहिले जुन सरकार छ त्यसकाे न कुनै लक्ष्य छ न कुनै उद्देश्य रहेको छ । त्यसैले अहिलेकाे सरकार केही गरेको छैन । नेकपा एमालेकाे सरकार हुदा केही तत्वहरुले षड्यन्त्र गरेर सरकार ढाल्न सफल भएका छन तपनि हामी मुल ढाेका बाट फेरि छिर्ने छाै । कसैकाे प्रमे अादेशबाट हाेइन ।´

कपिलवस्तु जिल्लाको अध्यक्ष झविलाल पाेख्रेलकाे अध्यक्षता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीको प्रमुख आतिथ्यता र नेकपा एमालेका महासचिव शंकर पाेख्रेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कमेन्टहरु