देश

आफ्नै सवारी चालकले उपराष्ट्रपति पुनको नाक च्वाट्टै पारे

नवलपुर टुडे
२०७७ मंसिर १५ | मध्यान्ह ०७:०८ बजे

काठमाडौ । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङका सवारी चालक जिउँदो सालक सहित पक्राउ परेका छन् । उनलाई चार दिन पहिले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीबाट प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ ।

पक्राउ परेका मध्ये शसस्त्र प्रहरीमा कार्यरत भिमबहादुर मगर रहेको डिभिजन वन कार्यालयले पुष्टि गरेको छ । भिआइपी ब्यक्तिका चालक रहेकै कारण शक्तिको दुरुपयोग गर्दै उनले जिउँदो सालक निर्धक्क लिएर हिँडेको हुनसक्ने र अवैध कारोबारमा समेत लागेको हुनसक्ने विषयमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

यस अघि उनी नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सवारी चालकका रुपमा कार्यरत रहेको बताइएको छ ।

उनीहरूबाट विभिन्न बैंकको चेक बुक, भौचर तथा एटिएम कार्ड, १ थान नागरिकता प्रमाणपत्र, पेन ड्राइभ, ३ थान राजश्व तिरेको बिल, ४ थान मोबाइल, भीमबहादुर थापाको सवारी चालक अनुमति पत्र तथा सशस्त्र प्रहरी बलको परिचय पत्र समेत प्रहरीले बरामद गरेको प्रहरीले बताएको छ ।

कमेन्टहरु