चाेरि गर्ने श्रीमतीलाई राजिवले पुलिसमा गरे कार्वाहिकाे माग


१० मंसिर, काठमाडौं ।
प्रहरीले गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेकी श्रीमती दिक्छेनलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा उजुरी दिन गएका बेला उनलाई पक्राउ गरिएको हो ।
मकवानपुरका एसपी सुशील सिंह राठौरका अनुसार जिल्ला प्रहरी कार्यालय, कास्कीले पठाएको फरार सूचीको पत्र अनुसार उनलाई पक्राउ गरिएको हो । ‘उहाँ अरु कुनै विषयको उजुरी लिएर आउनु भएको थियो, त्यसक्रममा उहाँ फरार सूचीमा भएको थाहा पाएपछि पक्राउ गरेका हौं’, राठौरले नवलपु टुडे सँग बताए।
यध्पि श्रीमान दिपक ले भने केही समयदेखि श्रीमान श्रीमती अलग बस्दै अायकाे र अाफ्नाे परिवारकै सदस्यभयता पनि गल्तिगरे मा कानुन बमाेजिम कार्वाहि हुनाेपर्छ भन्ने नियम सबैमा लागुहाेस भन्ने मनसायले अाफ्नै श्रीमतिमाथि चाेरिकाे जाहेरि कास्की प्रहरी मा दियकाे जानकारि गरेकाछन। र साेहि जाहेरिलाइइ अाधारमान्दै अाज मकवानपुर प्रहरिले पक्राउ गरेकाे जानकारि अाफ्नाे फेसबुक पेज मार्फत सार्बजानिक गरेकाछन्।
उनी लामो समयदेखि हेटौंडा–१२ मा रहेको माइतीमा बस्दै आएकी थिइन् । उनलाई कास्कीमा पठाउने तयारी गरिएको एसपी राठौरले बताए ।























