अबैध दुईवटा भारतीय ट्रक धनगढीमाई नगरपालिकामा लुकाएको अबस्थामा फेला: सरोकारवाला मौन


महेश सिंह
सिरहा । भन्सार छली गरी नेपाल भित्रीएका अबैध दुईवटा भारतीय ट्रकहरु करिब एक बर्ष देखि सिरहामा लुकिछिपी कमाईखाने भाडोको रुपमा काम गरिरहेका छन् ।
प्रहरी प्रशासन र केही नेताहरुको मिलेमतोमा उक्त ट्रक भन्सार छलेर नेपाल भित्रिएको रहस्य खुलेको छ । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर – ९ स्थित मुसहर्निया टोलमा थन्किएर राखिएको RJ19 E1428 र RJ06 EAO889 नम्बर (बोर्डिङ्ग गाड्ने ) दुई वटा ट्रक अहिले बेवारिस अवस्थामा छन् ।
नगरपालिकाका उपमेयर फुल कुमारी श्रेष्ठको घर छेउ नजिकै स्थानीय राजकुमार मोक्तानको खाली जग्गामा उक्त ट्रक थन्किएको छ । काम पाए काम गर्छन, नपाए थन्काएर राख्छन् ।
पत्रकारको एक टोलि स्थलगत रुपमा रिपोर्टिङ्ग गर्न पुग्दा उक्त ठाउँमा कोई भेटिएन । स्थानीयलाई समेत सवारी धनिको नाम थाहा छैन् । नाम नखोल्ने शर्तमा एक जना स्थानीयले भने ट्रकहरुलाई संरक्षण गर्नमा ठूलो पहुँचवालाको हात रहेको छ, ‘सत्य तथ्य छानवीनका लागि प्रहरी प्रशासनलाई अनुरोध गर्न स्थानियको भनाई रहेको छ ।
एक दिनको एउटा ट्रकको भन्सार शुल्क करिब ३ हजार पर्छ, दुई वटा ट्रक रहेकोले दैनिक भन्सार शुल्क ६ हजार पर्ने भएको हुँदा मिलेमतोको आशंका देखिएको स्थानीयले बताए ।






















