देश

राप्रपा अध्यक्षमा उम्मेदवारी दिने कमल थापाको घोषणा

जगत ठाडा मगर
२०७८ मंसिर १३ | मध्यान्ह ०२:०८ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यहि मंसिर १५ देखि काठमाडौंमा सुरु हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्ष पदमै उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै थापाले आफूले केही नगरी नहुने काम बाँकी रहेको भन्दै पुनः अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताए । उनले भने ‘अधुरा कामलाई अधुरै छाडेर पलायन हुने अनुमति मलाइ छैन।’

अध्यक्ष थापाले आफूले अध्यक्षहरु पशुपतिशम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र अरु पुराना नेताहरुको पनि आशिर्वाद लिएर उम्मेदवारी घोषणा गर्न आएको जिकिर गरे । यसअघि राप्रपाको अध्यक्षमा नेता राजेन्द्र लिङ्देनले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

कमेन्टहरु