केन्द्रीय सदस्य सूचीमा अटाएनन् विशाल भट्टराई, प्रदेश अध्यक्षको आश्वासन

जगत ठाडा मगर
२०७८ मंसिर १३ | मध्यान्ह १२:०८ बजे

चितवन । नेकपा एमालेको ३०१ केन्द्रीय सदस्यको सूचीमा नवौं महाधिवेशनबाट निर्वाचित अधिकांश नेताहरु समेटिँदा विशाल भट्टराई अटाएनन् ।
प्रतिनिधिसभामा एमाले प्रमुख सचेतक समेत रहेका भट्टराई ओलीका विश्वासिलो पात्र मानिन्थे । दशौं महाधिवेशनमा पनि ओलीलाई सर्वसम्मत बनाउन उनले लबिइङ गरेका थिए । पदाधिकारीमा आकांक्षा राखेका भट्टराई ओलीले आइतबार मध्यरातमा बन्दसत्रमा प्रस्ताव गरेको केन्द्रीय सदस्यहरुको सूचीमै अटाएनन् ।
सूचीमा नाम नभएकाहरुले उम्मेदवारी दिन पाउँने व्यवस्था थियो तर भट्टराईले उम्मेदवारी पनि दिएनन् । स्रोतका अनुसार भट्टराईले नेताहरुसँग केन्द्रीय कमिटीमै नराख्दा अपमान महसुस भएको बताएका छन् । ओलीसहितका नेताहरुले भने उनलाई प्रदेश अध्यक्षको आश्वासन दिएका छन् ।






















