देश

सशस्त्र प्रहरी संगठन प्रमुखकै इशारामा खुल्यो तस्करीको लाइन, कारवाही कसले गर्ने ?

जगत ठाडा मगर
२०७८ मंसिर १२ | मध्यान्ह ०९:०८ बजे

पर्सा, १२ मंसिर । बिगत लामो समयदेखी रोकिएको तस्करी लाइन सीमा सुरक्षा गर्ने संगठनकै प्रमुखको इशारा पाए पश्चात् सुचारू भएको बुझिन्छ । सीमा सुरक्षाको निम्ति खटिएका सशस्त्र प्रहरी बल नेपालका प्रमुख आइजिपी शैलेन्द्र खनालकै इशारा पाए पश्चात् प्रदेश नम्बर २ को आठ वट्टै जिल्लाहरूबाट तस्करीको लाइन सुचारू भएको हो ।

तस्करीको लाइनबाट रकम उठाउनको निम्ति ब्यूरो कार्यालयबाट खटिएका एक जना सशस्त्र प्रहरी हवलदारलाइ जिम्मा लगाए पश्चात् तस्करीको लाइन धमाधम सुचारू हुन थालिएको बताइन्छ । एक जना सशस्त्र प्रहरी श्रोतका अनुसार सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुख आइजिपी शैलेन्द्र खनालको बिश्वासिलो पात्र मानिएका उनकै अङ्ग रक्षक नारायण गुरूङ्गलाई मासिक नजरानाको रूपमा मासिक तिनवटा जिल्लाबाट ३० लाख बुझाउने सर्तमा तस्करीको लाइन खोलिएको बताए । उनका अनुसार सशस्त्र प्रहरी बल संगठन भित्रै रहेको ब्यूरो कार्यालय मातहात रहि खटदै आएको सशस्त्र प्रहरी हवलदार गगनदेव साहले तिनवटा जिल्लाको जिम्मा पाएको बताइन्छ ।

सीमाबाट हुने अबैध क्रियाकलापबाट मासिक रूपमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिएको स्कवाड टोलिले समेत रकममा लिप्त हुने गरेका छन । स्कवाड टोलिको नाममा सादा पोशाकमा घुमुवा परिचालन भएको बताइन्छ । मुलूककै आर्थिक नगरी भनेर चिनिने बिरगंज र पर्सा जिल्लाको ग्रामिण भेगहरूबाट सशस्त्र प्रहरीको नामले मासिक ४० लाख रूपैया तस्कर संगठनबाट उठे पश्चात् तस्करीको लाइन सुचारू भएको छ । उक्त रकम सशस्त्र प्रहरीका एसपी राजेन्द्र खडका, डिआइजी गणेश ठाडा मगर र आइजिपी शैलेन्द्र खनालको नाममा उठेको बताइन्छ । डिआइजी गणेश ठाडा मगरले पर्सा जिल्लामा सशस्त्र प्रहरी हवलदार बसिस्ट पटेल र सशस्त्र प्रहरी सहायक हवलदार सुदर्शन बैठालाइ सादा पोशाकमा आर्थिक कलेक्सनको निम्ती परिचालन गरेका छन । उनको काम मात्र सीमाबाट हुने अबैध क्रियाकलापलाई नियन्त्रण नगरी मात्र आर्थिक कलेक्सन गर्नु हो ।

यता बारा जिल्लाको एक घटनाले ब्यूरोको नाम सहित सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रोबिनराज कर्णजितको नाममा समेत रकम उठेको प्रष्ट भएको छ । ब्यूरो शाखाबाट खटिएको सशस्त्र प्रहरी हवलदार गगनदेव साहकै माध्यमले सशस्त्र प्रहरी उपरीक्षक रोबिनराज कर्णजितका साथै माथिल्लो निकायसम्म रकम उठने गरेको एक भिडियो क्लिपबाट प्रमानित भएको छ । ब्यूरोको नाममा आर्थिक तान्डव मचाएका साहले संगठनकै प्रमुख आइजिपी शैलेन्द्र खनालको छत्र छाया पाए पश्चात् निर्धक खुल्याम असुलीमा ब्यस्त रहेका छन । आजभोली उनले आफै घुमुवा परिचालन गर्ने गरेको बताइन्छ ।

सशस्त्र प्रहरी बल नेपाल संगठनलाई एउटा अब्बल प्रहरी संगठनको रूपमा मानिएपनी यस्तो गैर क्रियाकलापले प्रती दिन संगठनको नाम बदनाम हुने गरेको बताइन्छ । संगठन प्रमुख नै भ्रष्ट कर्मचारीलाई ढाकछोप गर्न थाल्यो भने अगामी दिनमा संगठन भित्र यस्ता क्रियाकलाप गर्ने समुहको बिगबिगी बढदै जाने अनुमान गरिएको छ । तसर्थ : यस्ता क्रियाकलाप रोक्न हामी सबैको दायित्व रहेको कारण सम्बन्धित निकायको ध्यान जान अति अवाश्यक रहेको देखिन्छ ।

कमेन्टहरु