राजनीति

जनताको छोराछोरी सबै अखिल क्रान्तिकारी, प्रताप/बिपिन संगठन सुदृढीकरण अभियान जारी

जगत ठाडा मगर
२०७८ मंसिर १२ | मध्यान्ह ०९:०८ बजे

दोलखा । “जनताको छोराछोरी, सबै अखिल (क्रान्तिकारी)” ‘प्रताप – विपिन संगठन सुदृढीकरण अभियान’ अन्तर्गत आज श्री क्षत्रवती मा.वि. बैतेश्वर-८, क्षत्रपामा कक्षा ११-१२ मा अस्मिता बस्नेतको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

त्यसैगरी कक्षा ६-१० मा कृश्चल अधिकारीको अध्यक्षतामा ३५ सदस्यीय स्कुल कमिटी र हरेक कक्षाहरुमा निम्नानुसारका कक्षा इकाई कमिटीहरु गरी जम्मा २०५ सदस्यीय कमिटी गठन गरिएको छ ।

कक्षा १० मा निशान अधिकारीको अध्यक्षतामा ५३ सदस्यीय र कक्षा ९ मा मिरा जिरेलको अध्यक्षतामा ३५ सदस्यीय गठन गरिएको छ ।

त्यसैगरी कक्षा ८ मा प्रवेशिका भुजेलको अध्यक्षतामा ३५ सदस्यीय र कक्षा ७ मा राजकुमार श्रेष्ठको अध्यक्षतामा ३० सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

त्यसैगरी कक्षा ६ मा सुवास श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय र आजै श्री कालिका मा.वि. बैतेश्वर-७ मा अशोक नेपालीको अध्यक्षतामा ३३ सदस्यीय अखिल (क्रान्तिकारी) स्कुल कमिटी गठन गरिएको छ।

कमेन्टहरु