देश

बुटवलमा करेन्ट लागेर दुई जना घाईते एकको मृत्यु

जगत ठाडा मगर
२०७८ मंसिर १२ | मध्यान्ह ०७:०८ बजे

बुटवल । बुटवल उपमहानगरपालिका कार्यालयको निर्माणाधिन भवनको विद्युत् विस्तारका क्रममा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ घर भई हाल बुटवल–३ गोलपार्क बस्दै आएका ४७ वर्षीय बसन्त भुसाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ठगबहादुर केसीले जानकारी दिए।

करेन्ट लागेर घाइते भएका भुसालको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

करेन्ट लागेर सम्मरीमाई गाउँपालिकाका जीतेन्द्र लोध र बर्दियाको राजापुर नगरपालिकाका राजगोपाल चौधरी घाइते भएका छन् । दुवैको लुम्बिनी प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस

कमेन्टहरु