राजनीति

दोलखा जिल्लामा माओबादी केन्द्रको सात पालिकाको अधिबेशन सम्पन्न

जगत ठाडा मगर
२०७८ मंसिर १२ | मध्यान्ह ०७:०८ बजे

चरिकोट । शनिबार नेकपा माओवादी केन्द्र दोलखाको सात वटा पालिकामा पालिकास्तरीय अधिवेशन सम्पन्न भएको छ । सात गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लाको गौरीशंकर, विगु, मेलुङ, बैतेश्वर, तामाकोशी, कालिञ्चोक गाउँपालिका र जिरी नगरपालिका गरी सात पालिकाको अधिवेशन सम्पन्न भएको हो ।

भीमेश्वर नगरपालिका र शैलुङ गाउँपालिकामा भने अधिवेशनको तयारी पुरा नभएकोले मंसिर १७ गतेलाई सारिएको माओवादी नेता गोपाल पाण्डेले बताउनुभयो । जुलुस सहित आयोजित सातवटै पालिकाको अधिवेशन उद्घाटन केन्द्रीय तथा जिल्लास्तरीय नेताहरुले गरेका थिए । अधिवेशनबाट ५५ सदस्यीय पालिकास्तरीय नयाँ नेतृत्व गठन भएको छ । नेता पाण्डेका अनुसार गौरीशंकर गाउँपालिकाले योग बहादुर बस्नेतको अध्यक्षतामा नयाँ नेतृत्व पाएको छ । उपाध्यक्षमा सहदेव बुढाथोकी, गिन्टी बहादुर श्रेष्ठ र सुदाम शेर्पा, कोषाध्यक्षमा निलेक्की शेर्पा, सचिवमा दावा शेर्पा, सहसचिवमा अशोक तामाङ चयन हुनुभएको छ ।

त्यसैगरी कालिञ्चोक गाउँपालिकामा भक्त बहादुर शिवाकोटीको अध्यक्षता रहने गरी कमिटि बनाएको छ ।
त्यसैगरी बैतेश्वर गाउँपालिकामा गाउँ पार्टी कमिटीको अध्यक्षमा भिम बहादुर श्रेष्ठ चयन हुनु भएको छ । उपाध्यक्षमा मिन कुमार शिवाकोटी, धन बहादुर तामाङ र टि.एन. शेर्पा चयन हुनु भएको छ । सचिबमा भुवन घिमिरे, सह सचिवमा भरत रोहन श्रेष्ठ र कोषाध्यक्षमा उषा लामा चयन हुनु भएको निर्वाचन समितिले जनाएको छ ।

तामाकोसी गाउँपालिकाको अध्यक्षमा शम्भु फुयाल चयन हुनु भएको छ । उपाध्यक्षमा सुरेश उप्रेती, टंक बहादुर खाती सुरेश उप्रेती, मोनिका फुयाँल, सचिवमा राजु शर्मा, सह सचिव बद्री पौडेल र कोषाध्यक्ष सुमन मिजार चयन हुनुभएको छ । त्यसैगरी बिगु गाउँपालिकाको अध्यक्षमा रमेश ठकुरी चयन हुनु भएको छ । उपाध्यक्षमा बिेकेश थामी, नवराज खत्री, लालिमाया तमाङ, सचिबमा नवराज ब्रो, सहसचिबमा शम्भु तमाङ र कोषाध्यक्षमा बहादुर शेर्पा चयन हुनु भएको छ । जिरी नगरपालिका र मेलुङ गाउँपालिकामा पनि नयाँ नेतृत्व चयन भएको छ ।

जिल्लाको भीमेश्वर नगरपालिका र शैलुङ गाउँपालिकामा भने आन्तरिक तयारी पुरा नभएको कारण शनिबार अधिवेशन गर्न नसकिएको माओवादी केन्द्रले बताएको छ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरेको माओवादी केन्द्रले शनिबार ७ सय ५३ वटै पालिकामा अधिवेशन गर्ने तयारी गरेको थियो ।

कमेन्टहरु