राजनीति

हिन्दू परिषद नेपालद्वारा ७औ स्थापना दिवस मनाईयो

जगत ठाडा मगर
२०७८ मंसिर ११ | मध्यान्ह १२:०८ बजे

बीरगंज । हिन्दू परिषद नेपाल जिल्ला कमिटी पर्साले आफ्नो ७औ स्थापना दिवसको अवसरमा गीता मन्दिर बीरगंजमा चियापान समारोह सम्पन्न गरेको छ ।

जिल्ला अध्यक्ष हरेन्द्र पटेलको सभापतित्वमा भएको समारोहमा हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेल, मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रिय सचिव परमानन्द चौधरी, लोकतांत्रिक समाजवादी पार्टीका केन्द्रिय युवानेता शिव पटेल, नेपाल काँग्रेस पर्साका उपसभापति अधिवक्ता प्रकाश उपाध्याय, हिन्दू परिषद नेपालका पूर्व केन्द्रिय महासचिव अधिवक्ता अनिरूद्ध सिंह, जगतगुरु शकराचार्य पूरी पीठ नेपालका संरक्षक डा. अनिल झा, साधु समाज पर्साका अगुवा सुरेन्द्र दास लगायतकाले शुभकामना ब्यक्त गरेका थिए।

कार्यक्रममा हिन्दू परिषद नेपालका केन्द्रिय कोषाध्यक्ष संजय सरार्फ, केन्द्रिय सदस्यहरु लालबाबु प्रसाद कुर्मी, सुरेश साह कानू, अजिता देवी पटेल, चित्तरंजन श्रीवास्तव, सचितानन्द दुबे, सुनील गुप्ता, भरत सरार्फ, अधिवक्ता बिनोद प्रसाद कुर्मी, रमेश रौनियार, उमेश साह कानू, पर्सा जिल्ला उपाध्यक्ष राधेश्याम सरार्फ, बीरगंज नगर उपाध्यक्ष मनीष वर्णवाल, महिलानेत्री मीनू ठाकुर, हिन्दूवादी अगुवाहरु भूपेन्द्र पौडेल, अरबिन्द साह कानू, संतोष गुप्ता, दिलीप गुप्ता, अमोद कुमार केवट, मुना सोनी, पत्रकार संतोष मिश्रा लगायतको सहभागीता रहको थियो ।

कमेन्टहरु