देश

देशभर चिसो बढ्यो, आजको मौसम पहाडी भुभागमा बदली र तराईमा तुवाँलो कहाँ कहाँ छन ?

जगत ठाडा मगर
२०७८ मंसिर ११ | बिहान ०७:०८ बजे

काठमाडौं । आज नेपालको मौसम बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ।

शनिबार बिहान प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा बदली छ। तराईमा तुवाँलो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला दिनमा काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढ्न थालेको छ।

पछिल्लो २४ घन्टामा काठमाडौंको न्यूनतम तापक्रम ८.८ डिग्रीसेल्सियसमा झरेको छ। सबैभन्दा कम तापक्रम माइनस २.८ डिग्री रहेकाे छ। शनिबार दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनीका पहाडी भूभागमा बदली रहनेछ भने ती क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।
राती प्रदेश १ र बागमतीका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

कमेन्टहरु