राजनीति

सबै जाति, धर्म र समुदायको सम्मान जसपा नेपालमा सुनिश्चित रहेको छ : प्रदेश प्रवक्ता पठान

जगत ठाडा मगर
२०७८ मंसिर ११ | बिहान ०७:०८ बजे

कपिलवस्तु, मंसिर १० । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १० मा जसपा नेपालको संगठन शुद्धिकरण तथा जनजागरण अभियान कार्यक्रम सम्पन्न भएको छ ।

भेलाबाट योती नरायण चौधरीको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटि गठन भएको छ । चौधरीको अध्यक्षता प्रमुख अतिथिमा जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम अबदुल रहमान खान (अकरम पठान), विशिष्ट अतिथिमा जसपा नेपाल शिवराज नगर कमिटी अध्यक्ष कृष्ण कुमार चौधरी, जसपा कपिलवस्तु पूर्व जिल्ला अध्यक्ष सतीश चन्द्र गुप्ता अतिथिमा कमर जहाँ, जगदेव लोहार, गोरख रजक लगायत रहनुभएको थियो l

कार्यक्रममा बोल्दै प्रवक्ता अकरम पठानले जसपा नेपालको सशक्त रूपमा संगठन शुद्धिकरण र जनजागरण अभियान विस्तार हुदै गइरहेको, जनसंख्याको अधारमा प्रतिनिधि सांसद मधेशमा संख्या बढाउनु पर्ने, चाइनाको विस्तारवादी नीतिले छिमेकी देशहरूलाई खतरा रहेको, सबै जाति, धर्म र समुदायको सम्मान जसपा नेपालमा सुनिश्चित रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै कृष्ण कुमार चौधरीले जसपाको अभियानमा एकबद्ध भएर लाग्न अनुरोध गर्नु भयो । कार्यक्रममा जसपा नेपाल समर्थक सयौ कार्यकर्ताहरूको सहभागिता रहेको प्रदेश प्रवक्ता अकरम पठानले जानकारी दिनुभयो ।

कमेन्टहरु