देश

एमाले १०औं महाधिवेशनमा सोझासाझ नागरिकलाई पैसा र खानाको लोभ देखाएर चितवन ल्याईयो

जगत ठाडा मगर
२०७८ मंसिर १० | मध्यान्ह ०६:०८ बजे

चितवन । एमालेले अधिकांश तराई क्षेत्रका सोझासाझ नागरिकलाई पैसा र खानाको लोभ देखाएर सर्वसाधारणलाई महाधिवेशनमा ल्याएको पाइएको छ ।

पुर्ब सप्तरीबाट आएका एक सर्वसाधारणले नेताले खाना र पैसाको लोभ देखाएर चितवन ल्याएको बताए । उनका अनुसार जनही ५ सय र खाना खान दिने भनि ल्याइएको हो । चितवन ल्याएर खान पनि नदिएको उनहिरुले गुनासो गरे ।

धेरैले जबरजस्ती स्थानीय नेताहरुले आफूहरुलाई ल्याएको गुनसोा गरेका छन् भने कतिले त कहाँ आएको समेत पत्तो पाएका छैनन् । उनीहरुले नेताले भनेपछि आउन बाध्य भएको गुनासो गरे ।

महाधिवेशनमा किशोर उमेरकादेखि साठी कटेका वृद्धवृद्धासम्म फ्रीमा घुम्न, खाना र पैसा आश्वासन दिएर ल्याईएको आरोप लगाएका थिए । नारायणी नदी किनारमा भेटिएका सहाय यादवले आफूहरु ४ घण्टाको बस यात्राबाट चितवन आइपुगेको बताए ।

रातभरको गाडीको यात्राका कारण थकित पनि देखिन्थे । जिल्लाजिल्लाबाट आएकाहरु महाधिवेशनस्थल वरपर सुस्ताउँदै गरेका देखिन्छन् भने घरबाट ल्याइएका चिउरा भुजा खानेकुरा खाएका देखिन्छन् ।

कमेन्टहरु