प्रधानमन्त्री देउवा पुगे चितवनमा

जगत ठाडा मगर
२०७८ मंसिर १० | मध्यान्ह ०२:०८ बजे

चितवन । प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुगेका छन् । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न देउवा चितवन आएका हुन् ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा केही बेर अघि मात्र हेलिकोप्टरबाट चितवनमा प्रस्थान गरेका हुन् । प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार देउवा दिउँसो १२ः४५ मा भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा अवतरण भएका हुन् ।
महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरेपछि देउवा आजै फर्कने भएका छन् । महाधिवेशनलाई सम्बोधन गर्न अन्य दलका प्रमुख एवं प्रतिनिधिसँगै विभिन्न देशबाट राजनीतिक दलका प्रतिनिधिहरु समेत सहभागी भएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीबाट भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशबाट त्यहाँका राजनीतिक दलहरुले शुभकामना सन्देश पठाएको नेकपा एमालेले जनाएको छ ।






















