देश

पश्चिम नवलपरासीमा ट्रकको ठक्करबाट २ जना पैदलयात्रुको मृत्यु

जगत ठाडा मगर
२०७८ मंसिर ८ | बिहान ०८:०८ बजे

काठमाडौं । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं – ४ रम्भापुरमा ट्रकले ठक्कर दिँदा दुई जना पैदलयात्रीको मृत्यु भएको छ ।

भुस बोकेको प्रदेश २-०३००१ ख ४५२४ नम्बरको ट्रकले मंगलबार राति ठक्कर दिँदा स्थानीय दुई जना पैदलयात्रीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रम्भापुर गैंडाखाल निवासी २६ वर्षीय दुर्गा काफ्ले र सोही ठाउँका ४० वर्षीय टिकानाथ कँवर रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

कमेन्टहरु