खेलकुद

भुटानविरुद्ध खेल्दै नेपाली क्रिकेट महिला टोली

जगत ठाडा मगर
२०७८ मंसिर ७ | बिहान ०९:०८ बजे

काठमाडौं । पहिलो खेलमा हङकङसँग पराजित भएपछि ग्लोबल क्वालिफायर यात्रा कठिन बनेको नेपाली महिला क्रिकेट टोलीले आज आईसीसी ट्वान्टी–२० विश्वकपको एसियाली छनोट प्रतियोगितामा भुटानविरुद्ध खेल्दैछ । ६ टोली सहभागी भएको एसियन क्वालिफायरबाट विजेता एक टोलीमात्र ग्लोबल छनोटमा पुग्ने भएकाले नेपालको यात्रा कठिन बनेको हो ।

नेपालले अब सबै जितेर मात्र पुग्दैन अन्य टोलीको नतिजा पनि आफ्नो पक्षमा आउनुपर्छ । नेपालले हङकङविरुद्ध जुन मैदानमा खेलेको थियो । भुटानविरुद्ध पनि त्यही मैदानमा खेल्नेछ ।

नेपालले दुबईस्थित आईसीसी एकेडेमीको ग्राउण्ड दुईमा खेल्नेछ । हङकङविरुद्ध टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपालले तीन विकेट गुमाएर १०४ रन बनाएको थियो । १०५ रनको लक्ष्य हङकङले चार विकेट गुमाएर दुई ओभर अगावै पूरा गरिदिएको थियो ।

भुटानले पहिलो खेलमा कुवेतलाई ४० रनले पराजित गरेको थियो । भुटानले कुवेतविरुद्ध ६ विकेट गुमाएर ११४रन बनाएको थियो । कुवेतले तीन बल बाँकी हुँदा सबै विकेट गुमाएर ७४ रन बनाएको थियो ।

कमेन्टहरु