राजनीति

कपिलवस्तुमा कांग्रेस अधिवेशन स्थगित

जगत ठाडा मगर
२०७८ मंसिर ७ | बिहान ०९:०८ बजे

कपिलवस्तु । कपिलवस्तुमा तयारी नपुगेको भन्दै नेपाली कांग्रेसले अधिवेशन स्थगित गरेको छ । १४ औं महाधिवेशन अन्तर्गत कपिलवस्तुको संघीय प्रतिनिधिसभाको अधिवेशन तथा निर्वाचन मंगलबार हुने भनिएको थियो ।

तर प्राविधिक कारणले अधिवेशन स्थगित गर्नुपरेको जिल्ला निर्वाचन अधिकृत घनश्याम पन्त र जिल्ला सभापति सुरेन्द्र राज आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्थगित गरिएको तीन वटै क्षेत्रको अधिवेशन र मतदानका लागि कांग्रेसले अर्काे सूचनामार्फत जानकारी दिइने जनाएको छ ।

photo 2021 11 22 19 36 51

कमेन्टहरु