देश

सिरहा बिहीवारेका किसानहरु आत्मनिर्भर बन्दै

जगत ठाडा मगर
२०७८ मंसिर ६ | मध्यान्ह ०८:०८ बजे

विनोद मण्डल
प्रदेश नं २ । सिरहाको उत्तरी भेगमा अवस्थित साविक गाउँविकास समिति विष्णुपुरकट्टी – ३ तथा हाल धनगढीमाई – १४ का स्थानिय किसानहरु आत्मनिर्भर बन्दै गएको छ ।

भौगोलिक रूपमा विकट पहाडी क्षेत्र मानिएको बिहिबारेमा यतिबेला मानिसहरू कृषिजन्य उत्पादनहरू गर्न थालेका छन् । पहिले पहिले तरकारी किनेर खाने बानी परेका यहाँका मानिसहरूले तरकारी किन्नको लागि घण्टौं हिंडेर स्थानिय धनगढी बजार आउने चलन समाप्त भएको छ ।

थोपा सिँचाइ कार्यक्रम अन्तर्गत लीवरड संस्थाले टनेलमा तरकारी खेती गर्ने तरिका बताएँपछि अहिले यहाँका मानिसहरू आफ्ना सदा बाँझो रहने जग्गामा खनजोत गरेर आधुनिक तरिकाले तरकारी जन्य उब्जनी गर्न थालेका छन् । कृषकले टमाटर, रायो, भेण्टा, खुर्सानी र च्याउ खेती गरेर स्थानिय बजारमा बेच्ने र घरायसी खर्च चलाउदै गरेको छ । एक टनेल सञ्चालकले गएको २ महिनामा मात्र ३ धुर जग्गामा लगाएको टमाटरबाट १५ हजार फाइदा भएको बताउनु भएको छ ।

अमिल्टार, बिहीबारे लगायतको ठाउँमा यतिबेला बाहिरका मानिसहरू तरकारी किन्न घरमा आउने गर्छन । किसानहरु एकातिर खुशी देखिन्छ भने, अर्कोतिर उनीहरू आत्मनिर्भर बन्दै गएको अवस्था प्रति स्थानियहरु खुसी भएका छन

कमेन्टहरु