नेपाल हङकङसँग ६ विकेटले पराजित


काठमाडौं । आइसीसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ । सोमबार दिउँसो आइसीसी एकेडेमी दुबईमा भएको खेलमा हङकङले ६ विकेटले हरायो ।
पराजयसँगै नेपालको ग्लोबल छनोट कठिन बनेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४ रन बनायो । नेपालकी ओपनर सीता राना मगरले सर्वाधिक ४० रनमा अविजित भइन् । उनले ५८ बलमा ४ चौका प्रहार गरिन्।
इन्दु बर्मा ३१ रनमा रन आउट भइन् । उनले ३६ बलमा ३ चौका प्रहार गरेपछि नेपालले हङकङविरुद्ध मध्ययम योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको हङकङले १८ ओभरमा ४ विकेट गुमाउँदै जितका लागि पाएको १ सय ५ रनको विजयी लक्ष्य पूरा गर्यो । उसका लागि ओपनर मारिको हिलल ४४ रनमा अविजित रहिन ।
नेपालका कविता कुँवर, सीता रानामगर र सबनम राईले १–१ विकेट लिए । बाँकी चारै खेलमा नेपाल विजयी भए र हङकङ कम्तिमा एक खेलमा पराजित भएमात्रै नेपाल ग्लोबल छनोटमा पुग्ने छ । दोस्रो खेलमा नेपालले मंगलबार भुटानसँग खेल्नेछ ।






















