Opens in a new tab

राजनीति

नेपाल परिवार दलको तेश्रो महाधिबेशनबाट एकनाथ ढकाल अध्यक्षमा निर्बाचित

जगत ठाडा मगर
२०७८ मंसिर ६ | मध्यान्ह ०८:०८ बजे

महेश सिंह
काठमाडौ । नेपाल परिवार दलको तेश्रो महाधिबेशन काठमाडौंमा सम्पन्न भएको छ । नेपाल परिवार दलको संस्थापक अध्यक्ष एकनाथ ढकाल तेश्रो महाधिबेशनबाट पुनः राष्ट्रिय अध्यक्षमा निर्बाचित भएका छन् ।

बरिष्ठ उपाध्यक्षमा विनोद डाँगी, उपाध्यक्ष गणेश कुमार श्रेष्ठ, महामन्त्री सन्तोष कुमार पौडेल, महामन्त्रीमै प्रकाशबाबु थापा ५ जना सह–महामन्त्रीमा क्रमश संबिधासभा सदस्य मिलन कुमारी राजवंशी, रुप सिँह भण्डारी, मनोज कुमार सुर्खेति, अब्दुल कैयुम शाह, अशोक कुमार चौधरी, कोषाध्यक्षमा गोविन्द नाथ मिश्र र सह-कोषाध्यक्षमा बुद्धि माया पुन मगर निर्बाचित भएका छन ।

‘सबैखाले विभेदको अन्त्य गरौँः सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ’ भन्ने नारा तय गरेको महाधिवेशनले नयाँ नेतृत्व सँगै नयाँ राजनीतिक प्रतिवेदनसमेत पारित गरेको छ । महाधिबेसनले प्रत्यक्ष निर्बाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्बाचन प्रणाली र संबिधा सुधार आयोग लगायतको बिषयलाई पारित गरेको छ ।

थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न विज्ञहरु सम्मिलित एक राष्ट्रिय अर्थ व्यवस्था विकास आयोग गठन गर्न संविधानलाई सर्ब स्वीकार्य बनाउन नेपाली उत्पीडित समूदायको हक अधिकार थप सुनिश्चित गर्न आवस्यक पर्ने सुधारको लागी संविधान सुधार सिफारिस आयोग गठन गर्नु पर्ने महाधिबेसनबाट पारित गरेको छ ।

महाधिबेसनले १ अध्यक्ष, २ उपाध्यक्ष, २ महामन्त्री, ५ सह–महामन्त्री, एक कोषाध्यक्ष गरी जम्मा १०१ कार्यसमिति निबार्चित गरेको छ । महाधिवेशनले राजनीतिक तथा आर्थिक प्रतिवेदन पारित गरेको छ ।

काठमाडौंमा भएको महाधिवेशन मंगलबार पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

कमेन्टहरु