देश

ऋण तिर्न इच्छाराजलाई ३५ दिने सूचना, सुन्धाराको सिटिसी मल लिलाम गर्ने चेतावनी

जगत ठाडा मगर
२०७८ मंसिर ६ | मध्यान्ह ०३:०८ बजे

काठमाडौं । कर्मचारी सञ्चयकोषले सिभिल बैंकका पूर्वअध्यक्ष इच्छाराज तामाङलाई ऋण तिर्न ३५ दिने सूचना जारी गरेको छ। सो अवधिभित्र ऋण नतिरेमा धितो राखिएको सुन्धारास्थित ६ रोपनी जग्गा र सोमा निर्माण भएको पसल कवलहरु लिलामी र बिक्री गरी असुल गरिने कर्मचारी संचयकोषले जनाएको छ।

साथै उक्त धितो लिलामीबाट सम्पूर्ण ऋण रकम र अन्य रकम अशुल उपर नभएमा कानुनबमोजिम ऋणी तथा जमानी दिनेको अन्य चल, अचल सम्पत्तिबाट असुल उपर गरिने कर्मचारी संचयकोषले जनाएको छ।

‘३५ दिनभित्र साँवा-ब्याज, हर्जाना चुक्ता नगरे प्रचलित ऐन कानुनबमोजिम धितोमा रहेको चल अचल सम्पत्ति लिला बिक्री गरी कारबाही गरी असुल उपर लिने छ,’ सूचनामा भनिएको छ, ‘उक्त लिलाम बिक्रीबाट समेत असुल नभएमा जमानी दिनेको चल अचल सम्पत्तिबाट असुल गरिने छ।’

कमेन्टहरु