राजनीति

सभामुखले भने – नेपाल बार एशोसिएशनलाई, न्यायालयप्रति मेरो भूमिका तटस्थ रहन्छ

जगत ठाडा मगर
२०७८ मंसिर ६ | मध्यान्ह ०३:०८ बजे

काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले न्यायालय विवादमा आफ्नो भूमिका तटस्थ रहने बताएका छन्।

नेपाल बार एशोसिएशनको सोमबार ज्ञापन पत्र बुझ्दै सभामुख सापकोटाले न्यायलयको विवादप्रति आफू संवेदनशिल भएको बताए । ‘न्यायलको जारी विवादप्रति मेरो ध्यानाकर्षण भएको छ । त्यसमा मेरो भूमिका निष्पक्ष, स्वतन्त्र र तटस्थ रहन्छ,’ ज्ञापन बुझ्दै उनले भने, ‘अहिले जे बहस भइरहेका छन्, त्यसप्रति म संवेदनसिल छु ।’

उनले समस्या झन् झन् गहिरिँदै गएकाले सहज निकास निकाल्नका लागि सम्बद्ध निकाय गम्भीर हुनुपर्ने बताए । उनले अदालतको समस्यालाई समाधान गर्न आफूले सक्दो प्रयत्न गर्ने बताए । सभामुख सापकोटालाई भेट्न बारका अध्यक्ष पूर्णमान शाक्यसहितको टोली सिंहदरबार पुगेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएको बारले आजै संसद्मा रहेका विभिन्न राजनीतिक दलहरुलाई ज्ञापनपत्र एवं ध्यानाकर्षण पत्र बुझाउँदैछ।

कमेन्टहरु