राजनीति

प्रधानन्यायाधीशको बहिर्गमनमा सहयोग गर्न कानुन व्यवसायीहरुले माग्यो सभामुखसँग सहयोग

जगत ठाडा मगर
२०७८ मंसिर ६ | मध्यान्ह ०३:०८ बजे

काठमाडौ । कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको बहिर्गमनको लागि सहयोग गर्न आग्रह गर्दै सोमबार सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोलीले प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्याउन माग गर्दै २ बजे सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाएको हो । वर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै कारण न्यायपालिकामाथिको विश्वास गुम्न थालेको र अदालतमा विसंगति मौलाएको भन्दै न्यायपालिकाको शुद्धीकरण र विसंगतिको अन्त्य गर्न नेपाल बार एशोसिएसनलको अगुवाईमा प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आएको छ ।

प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म प्रदर्शन जारी राख्ने र प्रधानन्यायाधीशले बोलाएको इजलासमा बहस समेत नगर्ने बताइरहेको नेपाल बारले प्रधानन्यायाधीशलाई विदा गर्नुपर्ने आधार, कारण र आरोपसहित ज्ञापनपत्र बुझाएको हो ।

कमेन्टहरु