दैलेखमा बालविवाह गरिएको अभियोगमा दुईजना पक्राउ

जगत ठाडा मगर
२०७८ मंसिर ६ | मध्यान्ह ०२:०८ बजे

दैलेख । दैलेखमा बालविवाह गरेको भन्दै परेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय दैलेखले दुईजनालाई पक्राउ गरेको छ।
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका– २ बस्ने भक्तिराम कँडेलले प्रलोभनमा पारी युवतीलाई बालविवाह गरी घरमा ल्याई राखेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वर शाहले नवलपुर टुडेलाई जानकारी दिएका छन्।
पक्राउ परेका व्यक्तिहरूलाई दैलेख जिल्ला अदालतबाट पक्राउ अनुमति स्वीकृत गराई पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।
जिल्लामा बालविवाहका घटनाहरू दिनप्रतिदिन बढ्दै गएका छन्। अहिले पनि समाजमा लुकिछिपी बिहे गर्ने प्रचलन बढिरहेको छ। प्रहरीले हरेक विद्यालयमा कम उमेरमा बिहे गर्दा आउने कानुनी जटिलता बारे जनचेतना मूलक कार्य गर्दै आएको छ।






















