दाङमा ट्याक्टरले किच्दा एक युबकको मृत्यु

जगत ठाडा मगर
२०७८ मंसिर ६ | मध्यान्ह १२:०८ बजे

दाङ । दाङमा ट्याक्टरले किच्दा एक युवकको मृत्यु भएको छ।
बौलाह खोलाबाट ढुंगा लिएर फर्किँदै गरेको लु.४ त ७७७१ नम्बरको ट्याक्टरबाट खस्दा सोही ट्याक्टरले किचेर शान्तिनगर गाउँपालिका– २ पेदानिवासी २२ वर्षीय लोकबहादुर वलीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार आइतबार साँझ ७ बजेतिर ट्याक्टरले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो। चालक भने फरार रहेका छन्।
ट्याक्टर खोलाबाट ढुंगा चोरी गरेर गाउँतर्फ फर्किँदै गरेको प्रहरीले बताएको छ।






















